हिमालयन बैंकको बोनस शेयर सूचीकृत

0
Shares

हिमालयन बैंक (HBL) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सूचीकृत भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १४ प्रतिशतले हुन आउने १ करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस शेयर आइतबार सूचीकृत गरेको हो ।

आइतबार शेयर सूचीकृत भएसँगै लगानीकर्ताले डिम्याट खातामा आएपछि एक्त बोनस शेयर दोस्रो बजारमा उक्त शेयर खरीद बिक्री गर्न सक्नेछन् ।

हिमालयन बैंकको गत पुस २७ गते सम्पन्न साधारण सभाबाट चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश पारिको प्रस्ताव स्वीकृत भएको थियो । बैंकले सो बोनस शेयर चैत्र १ गते आइतबार नेप्सेमा सूचीकरण गरेको हो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १४ गते बुकक्लोज गरेको गरेको थियो । यसअनुसार पुस १३ गते मंगलबार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र बोनस शेयर पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।