प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने सयम थपियो

0
Shares

प्राइम कमर्सियल बैंक लिमिटेडले फागुन २८ गते शुक्रबारदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ ।

यस अघि कम्पनीको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज चैत ३ गते भएपनि उक्त अवधिमा पूर्ण आवेदन नपरेकाले चैत १३ गते शुक्रबारसम्म समय थप भएको हो । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

कुल ऋणपत्रमध्ये बैंकले ६० प्रतिशतले हुन आउने २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ भने १३ लाख ३० हजार इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आठ वर्ष अवधिको ‘८.७५ प्रतिशत प्राइम डिवेञ्चर २०८५’ नामक सो ऋणपत्रमा लगानीकर्ताले ऋणपत्र खरीद गर्न चाहने इच्छुक लगानीकर्ताले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो शेयरको वेवसाइट तथा मोबाइल एपबाट समेत आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता इकाईसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । ऋणपत्रमा बैंकले वार्षिक ८.७५ प्रतिशतका दरले हरेक आर्थिक वर्षमा दुई पटक अर्धवार्षिक रुपमा लगानीकर्तालाई ब्याज भुक्तानी दिनेछ ।

ऋणपत्र निष्काशनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी सिंगल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने तथा न्यूनतम कर्जा जोखिम रहने संस्थाको रुपमा लिइन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।