बीमा समितिबाट माघ महिनामा ६ बीमा कम्पनीको नयाँ पोलिसी स्वीकृत

0
Shares

माघ महिनामा बीमा समितिबाट ६ बीमा कम्पनीका नयाँ बीमा योजना स्वीकृत भएका छन् । ४ जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनीले नयाँ बीमा योजना जारी गर्ने स्वीकृत पाएका हुन् ।

जीवन बीमातर्फ माघ महिनामा बीमा समितिबाट राष्ट्रिय बीमा संस्थान, सूर्या, महालक्ष्मी र यूनियन लाइफले नयाँ पोलिसी जारी गर्ने स्वीकृति पाएका हुन् । निर्जीवन बीमातर्फ सगरमाथा र नेको इन्स्योरेन्सले नयाँ बीमा योजना जारी गर्ने स्वकीृत पाएका हुन् ।

युनियन लाइफले जीवन आधार नामक बीमा योजना जारी गर्न समितिबाट माघ २५ गते स्वीकृत पाएको हो ।

कम्पनीले माघ २९ गतेदेखि उक्त बीमालेख जारी गरेको जानकारी दिएको छ ।

समितिले सुर्या लाइफको सुर्या चौरासी बीमा योजना र महालक्ष्मी लाइफको महालक्ष्मी धानधन्य बीमा योजना माघ २५ गते स्वीकृत गरेको हो । त्यस्तै, राष्ट्रिय बीमा संस्थानको सामुहिक म्यादी जीवन बीमा योजना माघ २२ गते स्वीकृत गरेको हो ।

समितिले निर्जीवन बीमातर्फ सगरमाथा इन्स्योरेन्स र नेको इन्स्योरेन्सको नयाँ बीमा योजना जारी गर्ने स्वीकृत गरेको छ । सगरमाथा इन्स्योरेन्सको सगरमाथा आरोग्य हेल्थ इन्स्योरेन्स माघ १४ गते स्वीकृत भएको हो भने नेको इन्स्योरेन्सको कम्पेन्सेसन इन्स्योरेन्स फर क्लिनिकल ट्रायल पोलिसी माघ ५ गते स्वीकृत भएको हो ।

  • महालक्ष्मी धनधान्य बीमा

महालक्ष्मी लाइफले “शान्ती हुन्छ मनको वर्षा हुन्छ धनको” भन्ने सन्देशका साथ महालक्ष्मी धनधान्य बीमा योजना ल्याएको छ । इन्स्योरेन्सले १५ वर्ष र २० वर्ष अवधिको बीमा योजना ल्याएको हो । बीमालेख चालु रहि बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र बीमालेखले आर्जन गरेको बोनस रकम एकमुष्ठ भुक्तानी गरिने छ ।

इन्स्योरेन्सले ल्याएको १५ वर्षे यस योजनामा बीमालेख खरिद गरेको ५ वार्षपछि नै % नगद फिर्ता, १० वर्ष पछि फेरि २०%र बाँकी ६०% कुल बोनस फिर्ता दिने जनाएको छ । २० वर्षे बीमा योजना खरिद गर्ने बीमितले २०%, १५ वर्ष पछि फेरि २०% र २० वर्ष पछि ६०% र कुल बोनस फिर्ता पाउनेछन् ।

  • यूनियन लाइफको जीवन आधार बीमा योजना

यूनियन लाइफ इन्स्योरेन्सले वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनालाई बन्द गर्दै नयाँ बीमा योजना जीवन आधार बीमा योजना ल्याएको छ । बीमा समितिबाट स्वीकृत कम्पनीको उक्त बीमा योजना माघ २९ गतेदेखि जारी गरिएको जनाएको छ ।

  • सूर्या चौरासी बीमा योजना

सूर्या लाइफ इन्स्योरेन्सले फागुन ७ गते प्रजातन्त्र दिवसका दिन दीर्घ जीवन, समृद्ध भविष्य सन्देश सहित नयाँ बीमा योजना सूर्या चौरासी बीमा योजना सञ्चालनमा ल्याएको हो । भन्ने सन्देशका साथ आज एक कार्यक्रमका बीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो ।

बीमा योजना खरिद गर्ने बीमित जीवित रहेसम्म लागू हुने बीमा योजनामा बीमा शुल्क भुक्तानी अवधि पछि आर्जित बोनस एकमुष्ठ प्राप्त हुने बताइएको छ ।

आर्जित बोनस लिएपछि प्रत्येक वर्ष ८२ वर्षसम्म बीमाङ्कको ६ प्रतिशत प्रतिफल प्राप्त हुने र ८३ वर्ष पुगेपछि बीमाङ्कको १५० प्रतिशत रकम पाइने इन्स्योरेन्सले जनाएको छ ।

  • राष्ट्रिय बीमा संस्थानको सामुहिक म्यादी जीवन बीमा

राष्ट्रिय बीमा संस्थानले आफ्नो ५४ औँ वार्षिकोत्सवको अवसर पारेर सामुहिक म्यादि जीवन बीमा योजना नामक नयाँ बीमा योजना ल्याएको छ । यो बीमा योजना कम्तिमा १० जना सदस्य भएको संघ संस्थाका कर्मचारीहरुमा लक्षित रहेको कम्पनीले जानकारी दिएको छ ।

  • ५ महिनामा १३ बीमा कम्पनीका १९ नयाँ पोलिसी स्वीकृत

१३ बीमा कम्पनीले पाँच महिनामा १९ वटा नयाँ पोलिसी जारी गर्ने स्वीकृत पाएका छन् । बीमा समितिले ७ जीवन बीमा कम्पनी र ६ निर्जीवन बीमा कम्पनीको १९ वटा नयाँ पोलिसी स्वीकृत गरेको हो ।

जिवन बीमा कम्पनीतर्फ रािष्ट्रय बीमा संस्थान, यूनियन, सिटिजन, रिलायन्स, एशियन, ज्योति, सूर्या लाइफको नयाँ पोलिसी स्वीकृत भएको हो । निर्जीवन बीमा कम्पनीतर्फ शिखर, सगरमाथा, प्रीमियर, नेको, जनरल र एभरेष्ट इन्स्योरेन्सको नयाँ बीमा योजना जारी गर्ने स्वीकृत पाएका हुन् ।

समितिले यूनियन लाइफ, राष्ट्रिय बीमा संस्थानका दुई दुई वटा बीमा योजना स्वीकृत गरेको छ । सिटिजन लाइफका तीन वटा नयाँ बीमा योजना स्वीकृत भएका छन् । त्यस्तै, शिखर इन्स्योरेन्सको पनि दुई वटा नयाँ बीमा योजना स्वीकृत भएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।