टेलिकमको सर्वसाधारणतर्फको सञ्चालकमा अम्बिका पौडेल निर्विरोध


नेपाल टेलिकमको संचालक पदमा सर्वसाधारण शेयरधनीको तर्फबाट अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूँजी बजार फोरमका सभापति पौडेलको मात्र उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध भएका हुन् ।

टेलिकमको चैत १३ गते हुन गइरहेको १३ औं वार्षिक साधारण सभामा सर्वसाधारण तर्फबाट एक जना सञ्चाकका लागि निर्वाचन कार्यतालिका राखिएको थियो ।

जसका लागि चैत ५ गते बिहीबार दिउँसो २ बजेसम्ममा उम्मेदवारी दर्ता गराउनु पर्ने समय तोकिएको थियो । निर्धारित समयमा पौडेलको मात्र उम्मेदवारी परेसँगै पौडेल निर्बिरोध भएका हुन् ।

योसँगै साधारण सभामा सर्वसाधारणतर्फको सञ्चालक पदमा निर्वाचन नहुने भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।