कुमारी बैंकद्धारा मलेखु बजारमा ‘क्यू आर कोड’बाट भुक्तानीको सुरुवात

0
Shares

कुमारी बैंकले धादिङको मलेखु बजारमा शुक्रबारदेखि क्यू आर कोडबाट भुक्तानी कार्यक्रमको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकको डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्ने नीतिलाई सार्थक तुल्याउनका लागि बैंकले फोन पे सँगको सहकार्यमा क्यूआर पेमेन्टको सुरुवात गरेको हो ।

कार्यक्रम अन्तर्गत कुमारी बैंकले बजारका १०० बढी बिक्रेताहरुलाई निःशुल्क क्यू आर कोड वितरण गरिएको छ । क्यूआरको सुरुवातसँगै कारोबारमा खुद्रा पैसाको झन्झट नहुने, क्यूआर भुक्तानीका लागि निशुल्क वाइफाईको व्यवस्था समेत गरिएकाले जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा क्यू आर कोडबाट कारोबार निकै सरल र सुरक्षित हुनेछ ।

यससँगै अब माछाका विभिन्न परिकार खान जाने माछा पारखीका साथै दैनिक उपभोग गर्ने खाद्यवस्तु, फलफूल तथा तरकारी खरिद गर्दा क्यू आर कोडबाट बिल भुक्तानी गर्न सक्नेछन् । यसले डिजिटल बैंकिङको प्रयोगलाई बढावा दिने विश्वास गरिएको छ । बैंकले डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिंदै जाने जनाएको छ ।

पृथ्वी राजमार्ग भएर आवतजावत गर्नेहरूको आकर्षणको केन्द्र बनेको उक्त बजार धादिङको गजुरी गाउँपालिकामा पर्ने मलेखु बजार माछाको लागि प्रशिद्ध बजार हो । विभिन्न परिकारका माछा खाने स्टेशनका रुपमा परिचित मलेखुमा दैनिक एक हजार ५०० किलो बढी माछा बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् ।

डिजिटल अर्थतन्त्रको विकासका लागि नेपाल राष्ट्र बैंकले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको परिप्रेक्ष्यमा कुमारी बैंकले पनि मलेखु बजारका एक सयभन्दा बढी पसलहरुमा यस प्रकारको थालनी गरेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।