
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका सिफारिशमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौं महानगरपालिका–७, चाबहिल निवासी अधिवक्ता रमेश बडाललाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ ।
यसअघि राष्ट्रपतिसमक्ष प्रधानमन्त्री मार्फत महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजैदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए।
राष्ट्रपतिले खरेललाई महान्यायाधिवक्ताका हैसियतले गर्नुभएको कार्यसम्पादनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । नवनियुक्त महान्यायाधिवक्ता बडालको शपथ आइतबार हुने जनाइएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
