कर्णाली प्रदेशका व्यवसायीलाई बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम

0
Shares

नेपाल बैंकर्स संघले सहयोगमा नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिद्वारा कर्णाली प्रदेशका व्यापारी/व्यवसायीहरुलाई बैंकिङ्ग तथा वित्तीय साक्षरता तालिम प्रदान गरेको छ ।

संघले चैत्र ९ गते विरेन्द्रनगरमा एक दिने बैंकिङ्ग साक्षरता कार्यक्रम संचालन गरेको हो।

उक्त कार्यक्रममा व्यापारी÷व्यवसायीमा बैंकिङ्ग, कर्जा, कर तथा डिजिटल बैंकिङ्ग, कृषि सहुलियत योजना, कोभिड–१९ वाट प्रभावित ग्राहकका निम्ति बनाइएका नीति योजनाहरु सम्बन्धी ज्ञान र चेतनामा आधारित सूचनामुलक रहेको संघले जनाएको छ ।

संघका अनुसार प्रत्येक बैंकवाट मनोनयन भएका ९५ ग्राहक वर्गवाट सहभागिता रहेकोे थियो । र भविष्यमा पुनः यस्ता कार्यक्रमहरु लिएर आउनु पर्छ भन्ने सहभागीहरुको प्रतिक्रिया रहेको संघले जनाएको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।