नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले बुक विल्डिङ्गबाट पहिलो पटक शेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टले गरेको लाभांश प्रचारको विषयलाई बोर्डले ‘र्याडर’ मा राखेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को संवाद कार्यक्रममा सर्वोत्तमले आईपीओ जारी गरेको तीन महिनाभित्रै ३५ प्रतिशत लाभांश वितरण गर्ने विषयमाथि उठेको पश्माथि उनले उक्त विषयलाई अहिले नै नाजायज भन्न नमिल्ने बताए ।
सर्वोत्तम सिमेन्टको उक्त प्रचार ‘सिस्टमको ग्रे एरिया’ मा रहेको बताएका उनले बोर्डको बाचलिस्टमा भने रहेको उल्लेख गरे । बोर्डले कुनैपनि कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्दा यति लाभांश दिन्छौं भनेर भन्न नपाइने व्यवस्था गरेपनि बुक विल्डिङ्ग निर्देशिकामा सबै विषय हाल समावेश नभएपनि कतिपय कुराहरु अभ्यास गर्दै जाँदा स्पष्ट हुँदै जाने उनले बताए ।
निर्देशक गिरीले कम्पनीले रोड सो कार्यक्रमहरुमा योग्य संस्थागत लगानीकर्ताहरुको माझमा राख्ने एउटा पाटो भएपनि पब्लिकमै यसरी जाँदा त्यसको प्रभाव पर्ने भएकाले बोर्डको ध्यानाकर्षण भएको बताए । बुक विल्डिङ्ग विधिमा संस्थागत लगानीकर्ताहरुले मूल्य निर्धारण गर्ने हुनाले सिधै सर्वसाधारणमा जाने भएकाले आम लगानीकर्तालाई केही थाहा नहुनेजस्तो नहुने बताए ।
आईपीओ जारी गर्ने कम्पनीले दुई वर्षभित्र यति प्रतिशत लाभांश दिन्छौं भनेर विज्ञापन गरेको खण्डमा वा विवरणपत्रमा राखेमा बोर्डको नियमनको दायरामा आउने बताउँदै हटाउने बताए । संस्थागत लगानीकर्ताको हकमा आईपीओ निष्काशन कम्पनीले प्रचार गर्दैमा संस्थागत लगानीकर्ताले सोही किसिमले नबुझि आफैँ संस्थागत लगानीकर्ताले जोखिम लिनसक्ने क्षमता आंकलन गर्ने र धेरैभन्दा धेरै संस्थासँग आशयमूल्य लिनुपर्छ भन्ने व्यवस्था गरिएको उनको प्रटोक्क्ति थियो ।
बुक विल्डिङमा जाने कम्पनीको लाभांश प्रचारको विषयमा अहिले नै यसो हो भन्ने अवस्था नरहेको बताउँदै उनले वास्तविक क्षेत्रका राम्रो कम्पनीहरुलाई भित्र्याउन बुक विल्डिङ्ग विधि भित्र्याएकोले बोर्डको ऐनले दिएको जिम्मेवारी अनुसार पूँजी बजारको विकास र नियमन गर्ने बताए ।
नियमनको नाममा डङ-डङ छडि मात्र हान्ने हो भने विकास तल झर्ने भएकाले थिन लाइनमा बसेर विकास र नियमनलाई अगाडि बढाउनुपर्ने उल्लेख गरे । बोर्ड आफैँ खुकुरीको धारमा जस्तै हिड्ने भएकाले आगामी दिनहरुमा यस्ता कुराहरुलाई ब्यालेन्स्ड गर्दै जाने उनको भनाई थियो ।
किसान माइक्रोफाइनान्सले साधारण सभामा हकप्रद जारी गर्ने सूचना जारी गरेर दोस्रो दिन हटाएको अर्को प्रसंङ्गमा बोर्डका शेयर बजारमा सूचनामा खेल्ने क्रम रहेको त्यसमा बोर्डले आगामी दिनमा सिस्टममा बलियो बनाउँदै जाने कारवाहीमा जाने आवश्यकता महसुस भएको उनले बताए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया