प्रि-ओपनिङमा ३० कम्पनीको शेयर मूल्य बढ्दा साढे २० अंकले बढ्यो बजार


बुधबारको प्रि-ओपनिङ सेसनमा बजार परिसुचक नेप्से २०.५९ अंकले उकालो लागेको छ ।

योसँगै बजार परिसुचक नेप्से मंगलबारको अन्तिम विन्दु २५२८.९६ अंकबाट बढेर २५४९.५५ अंकमा उक्लिएको छ ।

बुधबार मात्र नागरिक स्टक डिलरले शेयर कारोबारका क्रममा लगानी गर्न पाउने सूची सार्वजनिक भएसँगै धेरै जसो कम्पनीको शेयरमूल्य बढेको हो ।

प्रि-ओपनिङ सेसनको १५ मिनेट अवधिमा ३४ कम्पनीका १२ हजार ६६२ कित्ता शेयरहरु ७८ लाख २ हजार ४८० रुपैंयामा किनबेच भएका छन् । यस क्रममा ३० कम्पनीको शेयर मूल्य उकालो लागेको छ भने १ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ३ कम्पनीको मूल्य स्थिर रहेको छ । प्रि-ओपनिङमा कारोबारमा आएका मध्ये सिभिल लघुवित्तको शेयर मूल्यमा मात्र गिरावट आएको हो ।

कुन कम्पनीको शेयर मूल्य के भयो सूची यस्तो छ :