लाभांश घोषणा हुन बाँकी यी हुन् पाँच लघुवित्त कम्पनी, आउला त लाभांश ?

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत रहेका ५१ कम्पनीमध्ये गत आर्थिक वर्षको नाफाबाट पाँच लघुवित्त कम्पनीले लाभांश घोषणा गर्ने नगर्ने निर्धारण हुन बाँकी रहेको छ ।

सूचीकृतमध्ये ३७ कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गरेका छन् भने १० कम्पनीले लाभांश वितरण नगर्ने जनाउँदै साधारण सभा आह्वान गरिसकेको अवस्था छ । बाँकी पाँच कम्पनीले लाभांश वितरण गर्ने नगर्ने निर्धारण हुन बाँकी रहेको छ ।

हालसम्म लाभांश घोषणा गर्ने।नगर्ने घोषणा हुन बाँकी लघुवित्त कम्पनीहरुमा डिप्रोक्स लघुव्त्तिसँग प्राप्ती सम्झौता गरेको नाडेप लघुवित्त, ग्रामीण विकास लघुवित्त, नेपाल सेवा लघुवित्त, नेपाल एग्रो लघुवित्त, र आधिँखोला लघुवित्त वित्तीय संस्था रहेका छन् ।

गत आवको नाफाबाट एनआईसी एशिया लघुवित्त, स्वदेशी लघुवित्त (जुन आइतबारदेखि एनआईसी एशियासँग मर्जर भई एकीकृत कारोबार थालेको छ), गुराँस लघुवित्त, घोडीघोडा लघुवित्त, सामुदायिक लघुवित्त, सपोर्ट लघुवित्त, किसान लघुवित्त, समीट लघुवित्त र हालै मात्र आईपीओ बाँडफाँड गरी कारोबारमा आएको महिला लघुवित्त वित्तीय संस्था रहेको छ ।

गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट जनउत्थान लघुवित्तले सबैभन्दा धेरै ५२ प्रतिशत (४९.४० प्रतिशत बोनस शेयर र २.६० प्रतिशत नगद) लाभांश वितरण गर्ने भएको छ भने सिभिल लघुवित्तले सबैभन्दा कम ३.६८ प्रतिशत (३.५० प्रतिशत बोनस शेयर र ०.१८ प्रतिशत नगद) लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका १० कम्पनीको साधारण सभाका लागि बुकक्लोज हुन बाँकी रहेकोमा ८ कम्पनीके शेयर खरीद गर्दा अझैपनि लाभांश पाउने अवस्था रहेको छ । ती कम्पनीहरुमा जनउत्थान लघुवित्त, उन्नति सहकार्य लघुवित्त, सूर्योदय लघुवित्त, मिथिला लघुवित्त, मिर्मिरे लघुवित्त, कालिका लघुवित्त, आरम्भ चौतारी लघुवित्त र सारथी नेपाल लघुवित्त रहेका छन् । किसान र समीट लघुवित्तको बुकक्लोज हुन बाँकी रहेपनि लाभांश प्रस्ताव नगरेकाले बुकक्लोजको अघिल्लो दिनसम्म शेयरधनी कायम हुनेले साधारण सभामा प्रतिनिधित्व जनाउन भने सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।