२०७८ सालमा बैंक वित्तीय संस्थाका कर्मचारीले पाउने बिदाको क्यालेन्डर सार्वजनिक

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि बिदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बैंक बिदा हुने दिनका साथै कार्यालय खुल्ने समयको बारेमा पनि जानकारी गराएको छ ।

राष्ट्र बैंकका अनुसार वैशाख १ गतेदेखि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले पाउने विभिन्न बिदाहरु सार्वजनिक गरेको छ । कर्मचारीहरुले विश्व मजदुर दिवस, अन्य विभिन्न दिवस, चाडपर्व, जात्रा लगाउतमा पनि बिदा पाउने राष्ट्र बैंकले जनाएको छ ।

२०७८ सालको दशैमा फुलपातीदेखी एकादशीसम्म अर्थात असोज ३ गतेदेखि ७ गतेसम्म बिदा हुने छ । यस्तै तिहारमा कात्तिक १८ गतेदेखि २१ गतेसम्म बिदा हुनेछ।

राष्ट्र बैंकले बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म विहान १० बजेदेखि ५ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला रहने जनाएको छ।

त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १० बजेदेखि ४ बजेसम्म वित्तीय संस्था खुला रहे पनि ३ बजेसम्म मात्रै बैंकिङ कारोबार हुने जनाइएको छ। यस अवधिमा प्रत्येक शुक्रबार १० बजेदेखि १ः३० सम्म बैंकिङ कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।