सनराइज बैंकको बोनस शेयर सूचीकृत

0
Shares

सनराइज बैंक (SRBL) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ ।

स्टकका अनुसार बैंकले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट वितरण गरेको चुक्ता पूँजीको ५.८० प्रतिशतले हुन आउने ५२ लाख १ हजार ३३० दशमलव ६३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

बिहीबार सूचीकृत भएको उक्त बोनस शेयर आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न स्क्नेछन् ।

सनराइज बैंकको पुस २४ गते सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ५.८० प्रतिशतका दरले हुने ५२ करोड १ लाख ३३ हजार ६३ रुपैयाँ बराबरको बोनस शेयर तथा चुक्ता पूँजीको २.४८५ का दरले हुने २२ करोड २४ लाख १ हजार ७२३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ७ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार पुस ६ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका बैंकका लगानीकर्ताले उक्त बोनस शेयर पाउनेछन् ।

बोनस शेयर वितरण पछि बैंकको चुक्ता पूँजीमा ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ कायम भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।