फागु पुर्णिमाका विदाले आरटीजीएस सेवालाई असर नगर्ने


नेपाल राष्ट्र बैंकले होलिका सार्वजनिक बिदामा पनि रियल टाइम ग्रोस सेलमेन्ट (आरटीजीएस) सेवा सुचार हुने जनाएको छ । बैंकले पहाडी जिल्लामा आइतबार र तराइमा सोमबार सार्वजनिक विदा भएपनि आरटीजीएस मार्फतको सेवा सुचारु रहने जनाएको हो ।

फागु पुर्णिमाको सार्वजनिक विदाहरुमा पहाडी जिल्लाहरुको हकमा मिति २०७७/१२/१५ गते आइतबार र तराई जिल्लाहरुको हकमा २०७७/१२/१६ गते सोमबारका दिनमा समेत नर्मल विजनेस टाइम अर्थात नियमित कार्यालय समय अवधिसम्म सञ्चालन हुने केन्द्रीय बैंकले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।