राष्ट्रिय अनुसन्धान विभागमा ठूलो संख्यामा कर्मचारीको माग

0
Shares

राष्ट्रिय अनुसन्धान विभागले रिक्त रहेका विभिन्न पदहरुका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।

विभागले अनुसन्धान अधिकृत २१ जना, अनुसन्धान सहायक ३२ जना, सहायक सूचक ५१ गरि जम्मा १०४ जना कर्मचारीको दरखास्त आह्वान गरेका छ ।

इच्छुक तथा योग्यता पुगेका अनुसन्धान अधिकृतका लागि २१ वर्ष पुरा भई पुरुषको हकमा २५ र महिलाको हकमा ३० वर्ष ननाघेका, अनुसन्धान सहायक पदका लागि १८ वर्ष पुरा भई पुरुषको हकमा २५ र महिलाको हकमा ३० वर्ष ननाघेका र सहायक सुचक पदका लागि १८ वर्ष पुरा भई २५ वर्ष नानाघेका नेपाली नागरिकले दरखास्त फारम बुझाउन सक्नेछन् ।

दरखास्त फारम राष्ट्रिय अनुसन्धान विभागको वेभसाइटबाट भर्न सकिने छ ।

दरखास्त फारम चैत्र १३ गतेबाट बैशाख १२ गते अर्थात डबल दसतुर तिरेर बैशाख १९ गतेसम्म भर्न सकिने विभागले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।