ज्योति विकास बैंकमा संस्थापक शेयरको हिस्सा घट्यो

0
Shares

ज्योति विकास बैंक (JBBL) मा संस्थापक शेयरको हिस्सा घटेको छ । बैंकमा रहेको संस्थापक शेयर साधारणमा रूपान्तरण भएसँगै सर्वसाधारणको हिस्सा बढेर संस्थापकको हिस्सा घटेको हो ।

नेप्सेका अनुसार ज्योति विकास बैंकको १२ लाख ८७ हजार ८ सय ८४ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण गरिएको हो ।

नयाँ संरचना अनुसार बैंकमा संस्थापक र साधारण शेयरको संरचना ५१ः४९ को अनुपात कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।