किसान लघुवित्त वित्तीय संस्था लि.(साविकको एनआरएन) ले थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यु) निष्काशनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त धितोपत्र निष्काशन सम्बन्धी सम्झौता-पत्रमा किसान लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।
किसान लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी एक अर्ब, जारी पूँजी ५२ करोड २६ लाख र चुक्तापूँजी ३९ करोड २८ लाख रहेकोछ भने सर्वसाधारणहरुलाई थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यु) मार्फत शेयर जारी गरे पश्चात वित्तीय संस्थाको चुक्तापूँजी ५२ करोड २६ लाख हुनेछ ।
किसान लघुवित्त वित्तीय संस्था (साविकको एनआरएन) कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ साल माघ ७ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७५ साल फाल्गुण ३ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७५ साल फाल्गुण १६ गते देखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।
धनगढी २, बैहाबेहडी कैलाली केन्द्रीय कार्यालय र बुढानिलकण्ठ ८ मण्डिखाटार, काठमाण्डौमा कर्पोरेट कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै किसान माइक्रोफाइनान्स, रामारोशन, क्रिएटिभ र दिव्य लघुवित्त मर्ज गरि आफ्नो कार्यक्षेत्र ४६ जिल्लामा विस्तार गरिसकेको छ ।
हाल यसका १३६ वटा शाखाबाट ११०५७८ ग्राहक सदस्यहरुलाई सेवा दिइरहेको र हाल सम्म १ अर्ब ७ करोड २५ लाख बचत रु. ५ अर्ब ३७ करोड कर्जा लगानी रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया