ग्लोबल आईएमई बैंकको ऋणपत्र ‘ओभर सस्क्राइब्ड’


ग्लोबल आइएमई बैंकले निष्काशन गेको डिबेन्चर ‘ओभर सस्क्राइब’ भएको छ । बैंकले गत चैत्र १ गतेदेखि ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ निष्काशन गरी बिक्री खुला गरेको थियो ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको एक हजार प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । ऋणपत्र निष्काशन तथा बिक्री चैत्र १६ गतेसम्मका लागि तोकिएको थियो ।
बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत व्याज दर रहेको छ भने अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुनेछ ।

बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा सेञ्चुरी क्यापिटल मार्केट्सलाई दिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।