फर्स्ट माइक्रोफाइनान्सको साढे ८१ हजार कित्ता संस्थापक शेयर लिलामीमा

फर्स्ट माइक्रोफाइनान्सको साढे ८१ हजार कित्ता संस्थापक शेयर लिलामीमा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL) को ८१ हजार ५०० कित्ता संस्थापक शेयरमा सोमबारदेखि आवेदन खुला भएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्नो स्वामित्वमा रहेको लघुवित्तको उक्त संस्थापक शेयर न्यूनतम मूल्य ३०० तोकेर लिलाम बढाबढमा बिक्री खुला गरेको हो ।

इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले उक्त शेयर खरीदका लागि आगामी वैशाख २६ गतेसम्म बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलमा बोलपत्र पेश गर्नसक्ने जनाइएको छ ।

उक्त शेयर खरीदका लागि आवेदकले न्यूनतम १ हजार कित्ता वा सो भन्दा माथिका लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म बोलकबोल गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ चैत २०७७, सोमबार १२ : ११ बजे