साताको अन्तिम कारोबार दिन घटेर बन्द भयो बजार

साताको अन्तिम कारोबार दिन घटेर बन्द भयो बजार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसुचक ९नेप्से० घटेको छ । नेप्से ८.५७ अंकले घटेर २६२८.१७ पुगेर साताको बजार बन्द भएको हो ।

आज ३५३ कम्पनीका १ करोड ३१ लाख ९८ हजार ७५७ कित्ता सेयरहरू ४२ हजार ८२१ पटक किनबेच हुँदा ४ अर्ब ८२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा पुग्दा कारोबार रकम ५ अर्ब ४८ करोड ९५ लाख रुपैयाँ पुगेको थियो ।

शुक्रबार निर्जीवन बमिा समूह २७.८६ अंकले र वाणिज्य बैंक समूह १.२२ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।

एनआईसी एसिया बैंकको सेयर मूल्य ६.०८ प्रतिशतले बढेको बजारमा माण्डु हाइड्रोको सेयर मूल्य ४.७६ प्रतिशत, बेष्ट फाइनान्सको सेयर मूल्य ४.३० प्रतिशत, उपकार लघुवित्तको सेयर मूल्य ३.१३ प्रतिशत र माथिल्लो मैलुङखोला जलविद्युतको सेयर मूल्य ३.०६ प्रतिशतले बढेको छ ।
यता, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ५.३७ प्रतिशतले घट्दा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रथ –२ को इकाई मूल्य ५.२६ प्रतिशत, एनआइसी एसिया सेलेक्ट फण्ड–३० को इकाई मूल्य ४.६६ प्रतिशतले र युनियन नेपाल लघुवित्तको सेयर मूल्य ४.६४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा लक्ष्मी सनराइज बैंक २४ करोड ९९ लाख ३४ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ८ लाख ७२ हजार ६२४ इकाईको कारोबार सहित लक्ष्मी सनराइज बैंक नै अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा भने एनआईसी एसिया बैंक २ हजार ४७९ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार १५ : ४२ बजे