रुरु जलविद्युतको आईपीओमा १३ लाख बढीले गरे आवेदन, अझै १ दिन निष्काशन हुने


निष्काशन सुरु भएको ३ कार्य दिनमा रुरु जलविद्युतको आईपीओमा १३ लाख भन्दा बढीले आवेदन गरेका छन् । शुक्रबारदेखि निष्काशन भएको कम्पनीको शेयरमा शनिबार समेत गरी ४ दिनमा उक्त संख्यामा आवेदन आएको हो ।

सिडिएस एण्ड क्लियरिङ्गले उपलब्ध गराएको तथ्याङ्क अनुसार सोमबार साँझ ५ बजेसम्ममा १३ लाख आठ हजार ९८५ जनाले आवेदन गरेका छन् । आइतबार साँझसम्ममा कम्पनीको शेयरमा ९ लाख ५३ हजार ४४२ वटा आवेदन परेको थियो ।

आइतबार साँझसम्ममा १ करोड ३९ लाख ४० कित्ताको शेयर माग भएकोमा सोमबार साँझसम्ममा १ करोड ८७ लाख ६५ हजार ६०० कित्ता शेयर माग भएको छ ।

कम्पनीले चैत २० गते शुक्रबारदेखि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको हो ।

कम्पनीले कुल निष्काशित शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरुलाई लागि सुरक्षित गरि ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।

आईपीओमा लगानीकर्ताले सिडिएससीको मेरो शेयर मोबाइल एप र वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट चैत २४ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।