मेरो शेयरमा अर्को साताबाट कुनै समस्या आउँदैन: सिईओ सिडीएससी

0
Shares

सिडीएससीका सिईओ पुर्ण प्रसाद आचार्यले अर्को साताबाट मेरो शेयरमा कुनै पनि समस्या नदेखिने बताएका छन् ।

मंगलबार आर्थिक पत्रकाहरुसँगको अन्तरक्रियामा बोल्दै सीईओ आचार्यले मेरो शेयरको समस्या समाधानका लागि गत हप्ता २ वटा सफ्टवेयर जडान गरिएको जानकारी दिए । प्रविधि तत्काल जडान भएकाले अर्को सातादेखि समस्या नहुने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै उनले पूँजी बजारमा धेरै संस्था आबद्द भएकाले एकमा समस्या आउँदा अर्को प्रभावित हुने गरेको बताए । कहिले इन्टरनेट राम्रो नचल्दा समेत सिडिएससीलाई दोषारोपण गरिने गरिएको उनको भनाई छ।

मेरो शेयर प्रयोगकर्ता र डिम्याट खाता बढ्दै जानुले पनि मेरो शेयरमा समस्या आएको उनले दावी गरे । गत आवको अन्त्यमा मेरो शेयर प्रयोगकर्ता ६ लाख रहेकोमा २३ लाख पुगेको उनले बताए । त्यस्तै, डिम्याट खाता १७ लाख बाट ३३ लाख पुगेकाले प्रयोगकर्ता ह्वात्तै बढ्ता पनि समस्या आएको उनको भनाई थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।