हवाई उड्डयनमा लगाएको प्रतिबन्ध हटाउन युरोपियन युनियनसँग उद्योग परिसंघको आग्रह


नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजबीच परिसंघको कार्यालयमा द्विपक्षीय सम्बन्ध र व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको छ ।

छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघको गतिविधिका सम्बन्धमा प्रकाश पार्दै उपभोग बढ्दै गएको तर स्वदेशमा उत्पादन नभएकोले व्यापार घाटा बढ्दै गएको बताएका थिए । यसैलाई मध्यनजर गरी परिसंघले “मेक इन नेपाल–स्वदेशी” अभियानलाई अगाडी बढाएको राजदूत डेप्रेजलाई जानकारी गराएका मोरले विगतमा युरोपियन युनियन र परिसंघको सहकार्यमा अगाडी बढाइएका कार्यक्रम र परियोजनाहरुको बारेमा प्रकाश पारेका थिए । आगामी दिनमा परिसंघले युरोपियन युनियनबाट प्राविधिक सहयोगको अपेक्षा राखेको बताउँदै हाल सुरक्षाको कारण देखाउँदै नेपाली हवाई उड्ययनलाई लगाएको प्रतिवन्ध हटाउनु पर्नेमा परिसंघ अध्यक्ष मोरले जोड दिएका थिए ।

अध्यक्ष मोरले नेपालको हवाई उड्ययन क्षेत्रले सु्रक्षामा विशेष ध्यान पु¥याई रहेकोले युरोपबाट पनि नेपालमा पर्यटक भित्र्याउनको लागि सहयोग गर्न अनुरोध गरे । त्यसैगरी भारतसँग भएको व्यापार सम्झौता अनुसार शुल्क मुक्त निर्यात भइरहेकोले युरोपमा पनि कसरी निर्यात बढाउन सकिन्छ, त्यसमा सहयोग पु¥याउन राजदूत डेप्रेजलाई मोरले आग्रह गरेका थिए ।

परिसंघका वरिष्ठ आर्थिक सल्लाहकार डा. विश्व पौडेलले नेपाल कम विकसित राष्ट्रबाट माथि जाँदै गर्दा युरोपियन युनियनले प्रदान गरेका व्यापार सुविधाहरु स्वतः हट्ने भन्दै युरोपका मूलुकमा भएको व्यापार १० प्रतिशतले घट्ने संकेत गर्दै नेपालमा विप्रेषणबाट भएको आम्दानीले उपभोग बढ्दै गएको बताएका थिए । नेपाल र युरोपियन युनियनको सम्बन्ध माथि प्रकाश पार्दै नेपालमा औद्योगिक सर्भे नभएको र भएका सर्भेहरु पनि सम्बन्धित संस्थाको सिमित प्रयोजनका लागि भएकाले परिसंघले औद्योगिक सर्भे नियमित रुपमा प्रकाशन गर्दै जाने उनको भनाई थियो । परिसंघ उत्पादनमूलक उद्योगमा केन्द्रित भएकोले सरकारसँग सहकार्य गरिरहेको बताउँदै पौडेलले परिसंघले कृषिजन्य र विटुमिन लगायतका कम्तिमा आठवटा उद्योगसँग सम्बन्धित वस्तुको आयात प्रतिस्थापन गर्ने तर्फ परिसंघ अगाडी बढेको बताएका थिए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघले धेरै देशका चेम्बरहरुको साझा मञ्चको रुपमा युनियन अफ एशियन चेम्बर गठन गर्न लागेको बताउँदै युरोपका चेम्बरहरुसँग सम्भावित व्यापार साझेदारको लागि समन्वय गरिदिन अनुरोध गरेका थिए । त्यसैगरी युरोपियन युनियनले युरोपका कम्पनीहरुसँग प्राविधिक सहकार्य गर्न र सिप विकासको लागि सहयोग गर्न पनि चौधरीले अनुरोध गरेका थिए । युरोपियन लगानीमा रहेको इआइडिसी पूर्वाधार विकासमा केन्द्रित भएकोले त्यसमार्फत नेपालमा लगानी बढाउन अनुरोध गरेका थिए ।

भेटका क्रममा राजदूत डेप्रेजले युरोपियन युनियले नेपाल सरकारलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सन्दर्भ उल्लेख गर्दै नीति निर्माणमा सहयोग पु¥याउन इच्छुक रहेको बताएकी थिइन् । स्वस्थ व्यक्ति स्वस्थ पृथ्वीको अवधारणा अगाडी सार्दै मानव गतिविधिको कारण वातावरणमा पर्ने प्रभावलाई न्यूनिकरण गर्न ग्रिन टेक्नोनोजीको प्रवद्र्धन, प्रविधिहरुको विकास, वातावरणसँग सम्बन्धित मापदण्डलाई आत्मसात गरी कार्वन उत्सर्जन कम गर्नको लागि निजी क्षेत्रसँग सहकार्य गर्न सकिने उनको धारणा थियो ।

राजदूत डेप्रेजले वैदेशिक लगानीको लागि नियामक निकायबाट सहज नभएको तर्क राख्दै लगानीमैत्री वातावरण बनाउनु पर्ने धारणा राखेकी थिइन् । नेपाल एलडिसिबाट ग्र्याजुएट भएपछि प्रतिस्पर्धी क्षमता विकास गरी युरोपियन बजारबाट लाभ लिन सकिने उनको भनाई थियो । त्यसैगरी नेपालबाट युरोपियन युनियनमा आवद्ध देशहरुमा निर्यात हुँदै आएको वस्तुहरु निर्यात गर्न सहयोग गर्ने, पर्यटन प्रवद्र्धनको लागि सहयोग पु¥याउने र हवाई उड्यनका सम्बन्धमा देखिएको समस्यालाई समाधान गर्नको लागि पहल गर्ने उनको भनाई थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।