गोर्खाज फाइनान्सका शेयरधनीले लाभांश नपाउने, शेयर मूल्य ५०० नजिक


पछिल्लो ३ महिनामा तिब्र गतिमा शेयर मूल्य उचालिएको गोर्खाज फाइनान्सका शेयरधनीले लभांश नपाउने भएका छन् । फाइनान् सञ्चालक समितिको बैठकले लाभांश बितरण नगरी साधारण सभा बोलाएको छ ।

वैशाख २१ गतेका लागि बेलाइएको साधारण सभाले नियमित प्रकृया मात्र पुरा गर्नेछ । टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा बोलाइएको साधारण सभामा भिडियो कन्फ्रेन्स मार्फत शेयरधनीलाई सहभागि गराइने बताइएको छ ।

साधारण सभा प्रयोजनका लागि फाइनान्सले वैशाख ६ गतेदेखि २१ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ ।

गत मंसिर अन्त्यदेखि एक पछि अर्को दिन गर्दै बढेको फाइनान्सको प्रतिकित्ता शेयर मूल्य झण्डै ५०० रुपैंया सम्ममा कारोबार भईसकेको छ । पछिल्लो पटक मात्र चैत २६ गते बिहीबार फाइनान्सको प्रतिकित्ता शेयर ४६२ रुपैंयादेखि ४८३ रुपैंयासम्ममा किनबेच भएको थियो ।

लाभांश बितरण गरिरहेका अन्य फाइनान्सको तुलनामा गुर्खाजको शेयर मूल्य माथिल्लो विन्दुमा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।