शनिबार र आइतबारको सार्वजनिक विदामा पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले चैत २८ गते शनिबार र चैत २९ गते आइतबार घोडेजात्रा सार्वजनिक विदामा समेत पनि बैंक तथा वित्तीय संस्था (वाणिज्य बैंक, विकास बैंकर फाइनान्स कम्पनी) हरुलाई खुला राख्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले २०७५ असार २६ गते बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सूचना अनुसार असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सो पछि मसान्तसम्म शनिबार लगायतका जनसुकै सार्वजनिक बिदा पनि बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको थियो ।

सोही अनुसार राजस्व संकलन गर्ने प्रयोजनका लागि राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु र भन्सार कार्यालयहरुको राजश्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक लगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु, चेक क्लियरिङ्गका लागि अन्य बैंक तथा वित्तीय संस्था एवं नेपाल क्लियरिङ्ग हाउस पूर्णकालीन रुपमा खुला गरी राजश्व बुझ्ने व्यवस्था गर्न निर्देशन दिइएको हो ।

यस्तै दुबै दिन शनिबार र आइतबार रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली समेत नियमित (नर्मल बिजनेस डे सरह) सञ्चालन हुने केन्द्रीय बैंकले जनाएको छ ।

आरटीजीएस प्रणाली मार्फत चेक नकाटी ठूला रकमको कारोबार सिधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ । जसबाट वास्तविक समय (रियल टाइम) मा नै चेकको क्लियरिङ नगरी भुक्तानी सम्भव हुन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।