नबिल बैंकले लिलामी शेयर बिक्रीबाट साढे १३ करोड प्रिमियम संकलन गर्ने

नबिल बैंकले लिलामी शेयर बिक्रीबाट साढे १३ करोड प्रिमियम संकलन गर्ने

नबिल बैंक (NABIL) ले लिलामी शेयरबाट न्यूनतम १३ करोड ४० हजार रुपैयाँ आर्जन गर्ने भएको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्तको संस्थापक शेयर प्रतिकित्ता ७०३ रुपैयाँ प्रिमियम मूल्यमा बिक्री गर्दा सो रकम आर्जन हुने देखिएको हो ।

बैंकले आफ्नो स्वामित्वमा रहेको स्वाबलम्बनको १ लाख ९० हजार ६५३ कित्ता शेयर बिक्रीका लागि आवेदन आह्वान गरेको छ । लघुवित्तको केन्द्रीय कार्यालय धोबिधारा स्थित (कुमारी हल पछाडि) कार्यालयमा ३५ दिन भित्र खरी दगर्न चाहेको शेयर कित्ता र मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

इच्छुक लघुवित्तका विद्यमान संस्थापक शेयरधनीले उक्त शेयर खरीदका लागि प्रतिकित्ता न्यूनतम ८०३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापकबाट खरीद नभएको खण्डमा भने पुनः सर्वसाधारणमा बिक्रीमा आउनेछ ।

संस्थापकबाट खरीद नभएमा बैंकले नकिनेमा भने फेरि दोस्रो चरणमा सर्वसाधारण व्यक्ति तथा संस्थाले किन्न पाउने गरी अर्को सूचना आह्वान हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ चैत २०७७, मंगलबार १४ : २३ बजे