राष्ट्रिय खाद्य बैक संचालनमा, मापदण्ड पूरा गरी आइपीओ पनि जारी गर्ने

0
Shares

पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैक औपचारिक रुपमा संचालनमा आएको छ ।

दुईअर्ब लगानीमा देशब्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने लक्ष्य उदेश्य साथ स्थापना भएको यस बैक नेपालमै नविनतम सोच सहित अघि बढेको बैक हो ।

यस बैकले कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र अग्रानिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने उदेश्य लिएको छ ।

हालसम्म यस बैकमा ५९० जना प्रमोर्टर शेयर सदस्य रहेका छन् । बैकले त्यसलाई बढाएर १ हजार जना प्रमोटर शेयर सदस्य बनाउने उदघोष यसअघि नै गरिसकेको छ । सरकारी मापदण्ड पुरा गरी केही बर्ष भित्रै आइपीओमा जाने समेत बैकको योजना छन् । शेयर सदस्य तथा सरोकारवालाहरु बढाउँदा बैकको उत्पादनको बजारीकरणलाई पनि सहज हुने भएकोले त्यसरी अघि बढ्न खोजिएको बैकका अध्यक्ष शंकरनाथ उप्रेतिले बताए ।

यस बैकले पहिलो चरणमा २३ ओटा जिल्लामा यसबर्ष भित्र कृषि उत्पादनको काम थाल्ने प्रक्रिया सुरु गरिसकेको छ । बैकले त्यसका लागि तराइका विभिन्न जिल्लाहरुमा करिव ६ सय विघा जमिन लिजमा लिइसकेको छ । यसैबर्ष भित्र बैकले उत्पादन गरेका अ्रग्यानिक उन्मुख अनाजहरु शेयर सदस्यहरु तथा उपभोक्ताहरुले उपभोग गर्न पाउने अध्यक्ष उप्रेतिले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ वैशाख २०७८, बिहीबार  ११ : २६ बजे