आगामी बजेट आर्थिक पुनरोत्थानमा केन्द्रित हुन्छ – अर्थमन्त्री

0
Shares

अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आगामी बजेट कोरोना भाइरसको असरवाट प्रभावित जनजीवन र अन्य समग्र क्षेत्रको उत्थानमा केन्द्रित हुने बताएका छन् ।

नेपाल व्यवस्थापन संघले काठमाण्डौंमा आयोजना गरेको पूर्व वजेट छलफलमा अर्थमन्त्री पौडेलले बजेटले आर्थिक पुनरोत्थानलाई प्राथमिकतामा राख्ने बताए । उनले कोरानाका कारण उत्पन्न अहिलेको समस्याको रोकाथाम गर्दे कसरी आर्थिक उठान गर्ने बारेमा जोड दिने बताए ।

कोरोनाको रोकथामा लागि शिथिल भएको अर्थतन्त्रलाई पुरानो आधारमा माथि उकास्न साधन परिचालन गर्ने र यथेष्ट साध्य प्रयोग गर्ने उनको भनाई थियोे । राहत, आर्थिक पुनरुत्थानको सिमा भित्र रही आवश्य कुरामा सम्बोधन हुने अर्थ मन्त्रीले आशय व्यक्त गरे । उनले अर्थतन्त्रलाइ चलायमान वनाएर अघि लैजाने कुरा मुख्य विषय भएकाले यसमा सरकारको ध्यान प्रष्ट पारे ।

यसैगरी कार्यक्रमाम राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कोरोनाका कारण संसार शताव्दीकै आर्थिक संकट भोगीरहेको यो अवस्थामा क्षमता र सक्षमतालाइ उपयुक्त ढंगले पहिचान गरी तिनीहरुको समान्जस्यता कायम हुने खालका विशिष्ठ खाले प्याकेजमा ध्यान दिन सरकारलाइ सुझाव दिए । पैसा मात्र लगानी गरेर नहुने भएकाले संयन्त्रनै चुस्त दुरुस्त र प्रभावकारी हुनुपर्नेमा डा. वाग्लेले जोड दिए । उनले भूपरिवेष्ठित मुलुकका चुनौतिहरुलाइ मध्यनजर गर्दे केही महत्वपूर्ण खास कार्यक्रम ल्याउन अर्थमन्त्रीलाइ सुझाव दिए । उनले प्रविधिजन्य रुपान्तरणमा पनि जोड दिन सरकारकारलाइ आग्रह गरे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ५ वैशाख २०७८, आइतबार  १३ : ४७ बजे