सहरी क्षेत्रका भीडभाड हुने स्थान वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय

0
Shares

सरकारले सहरी क्षेत्र र कोरोना संक्रमण बढेका जिल्लाका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।

सिसीएमसीका सिफारिसमा सहरी क्षेत्रका स्कुल, कलेज, फिल्म हललागयत भीडभाड हुने स्थान वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो। जिल्लास्थित डिसीसीएमसीको सिफारिसबमोजिम विद्यालय बन्द गरिनेछ। तर पठनपाठन र परीक्षा वैकल्पिक माध्यमबाट जारी राखिने सरकारले जनाएको छ।

त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको हो । र‌गंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।