
कर्णाली प्रदेश सरकारले चैते दशैंका अवसरमा आज सार्वजनिक विदा दिएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैंका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो ।
कर्णालीमा चैतेदशैंलाई अन्य चाडपर्वझै उत्सवका साथ मनाउने गरिन्छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेश अन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था लगायतमा विदा लागू हुने जनाएको छ ।
प्रदेश सरकारले चैते दशैंका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक विदा दिँदै आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
