महालक्ष्मी विकास बैंकको नाफामा सामान्य सुधार

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) को नाफामा सामान्य सुधार देखिएको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा बैंकले ३९ करोड ७३ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६.१० रुपैयाँ रहेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा २५ करोड ७६ लाख ६२ हजार रुपैयाँ छ ।

चैत मसान्तसम्म बैंकले ३६ अर्ब ४६ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १० करोड १९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकले १ अर्ब १६ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ५६ करोड २ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपनि गैह्र सञ्चालन आम्दानी बढेपछि नाफा बढेको हो ।

प्रकाशित वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा अनुपात ४.४४ प्रतिशत, पूँजीकोष अनुपात १३.०३ प्रतिशत, कर्जा निक्षेप अनुापत ८१.३० प्रतिशत, कोष्को लागत ५.६१ प्रतिशत, आधार ब्याजदर ७.९८ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५४.९० रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.२५ गुणा रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.६४ प्रतिशत र सञ्चालन नाफा ०. ६४ प्रतिशतले घटेको छ । बैंकले १ करोड ८० लाख ८५ हजार रुपैयाँ गैह्र सञ्चालन आम्दानी गरेको छ ।

चैत मसान्तसम्ममा बैंकको जगेडा कोषको आकार १०.२२ प्रतिशत बढेर १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ पुग्दा शेयरधनी कोष भने ९.३३ प्रतिशतले घटेर २६ करोड १४ लाख रुपैयाँमा संकुचित भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।