अपि पावर कम्पनी द्धारा निर्मार्णाधिन ४ मे.वा. क्षमताको चन्द्रनिगाहपूर सौर्य आयोजना यहि वैशाख महिनामा सञ्ंचालनामा आउने भएको छ ।
अहिले यसको अन्तिम चरणमा कामहरु दु्रत गतिमा भैरहेको छ । यो आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ के.भी. प्रसारणमा जडान हुनेछ । यो आयोजना इपिसी मोडल अन्र्तगत कुशल प्रोजेक्ट नेपालले निर्माण गरेको हो ।
यसैगरी कम्पनीले ढल्केबर र सिमरामा १-१ मे.वा. र क्षमताको अर्का आयोजना निर्माण सुरु गरेको छ । यी आयोजनाहरु केही महिना भित्र संचालनमा ल्याउने तयारी कम्पनीले गरेको छ । नेपाल विद्युत प्राधिकरण र अपि पावर कम्पनीका बीच २०७५ साउन २७ गते निजी क्षेत्रबाट ग्रीड कनेक्टेड सौर्य विद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको थियो ।
सम्झौता अन्तर्गत जम्मा १८.५ मेगावाट क्षमताका विभिन्न आयोजनाहरु निर्माण गरिनेछन् । यस अन्र्तगत कम्पनीले पहिलो चरणमा तीन आयोजनाबाट ६ मे.वा.बिद्युत उत्पादन गरिनेछ । यी आयोजनाहरुको निर्माण अबधी १० महिना रहेको छ । नेपालमा निजी क्षेत्रबाट प्रर्वधित यी पहिला आयोजना हुन् । यस आयोजनाबाट उत्पादित बिद्युत नेपाल विद्युत प्राधिकरण ११ के.भी. र ३३ के.वी. प्रशारण लाइनमा जडान गरिनेछ । यी आयोजनाको बिद्युत खरिद बिक्री दर ७.३० रुपैयाँ प्रति युनिट रहेको छ ।
यी आयोजनाहरुको निर्माण पछि अपि पावर कम्पनी सँग ५६.५ मे.वा. जलविद्युत तथा १८.५ मे.वा सौर्य गरी जम्मा ६२.५ मे.वा. का आयोजनाहरु रहने छन् । यस आयोजनाको निर्माण सम्पन्न गरेपछि कम्पनीको नाफामा उल्लेखित रुपमा बढ्नेछ र शेयरधनीहरुले मुनाफा वृद्धि हुने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीले यस अघि नै दार्चुला जिल्लामा ८.५ मे.वा.र ८ मे.वा.क्षमताका दुई आयोजना निर्माण गरि संचालनमा ल्याएको छ भने आगामी वर्षमा कम्पनीले दार्चुला जिल्लामा अवस्थीत ४० मे.वा क्षमताको अपर चमेलीया जलविद्युत आयोजना संचालनमा गर्नेछ । हाल यो आयोजनाको निर्माण कार्य भैरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया