क्यू आर कोडको महत्व झल्काउने त्यो एउटा भिडियो …


पछिल्ला दिनहरुमा भिडियोका माध्यमबाट वस्तु तथा सेवाको बारेमा प्रभावकारी रुपमा सन्देश प्रवाह गर्ने क्रम बढ्दो छ । व्यवसायिक प्रतिष्ठान, बैंक तथा बीमा कम्पनीका साथै सामान्य संघ संस्थाले समेत भिडियोका माध्यमबाट प्रभावकारी रुपमा सन्देश प्रवाह गर्दै आएका छन् ।

यसै क्रममा सिटिजन्स बैंकले कोरोना कहरका बेला विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ एउटा भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको छ ।

पुरानो पुस्ताका केही मानिसले प्रविधिलाई आत्मसाथ गर्न नमानिरहेको अवस्थामा क्यु आर कोड भुक्तानी गर्नु पर्ने अवस्था उत्पन्न हुँदासम्मको अवस्थालाई भिडियोमा चित्रित गरिएको छ । भिडियोले नगद कारोबार भन्दा विद्युतीय भुक्तानी सहज हुने सन्देश दिँदै सिटिजन्स बैंकको क्यू आर कोड भु्क्तानीलाई प्रवद्र्धन गरेको छ ।

आकर्षक शैलीमा निर्माण गरिएको भिडियो यस्तो छ: