पाँच विकास बैंकको तेस्रो त्रैमासलाई ९ वटा सूचाङ्कमा तुलना गर्दा

0
Shares

विकास बैंकमध्ये बिहीबारसम्म पाँच वटाले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकहरुको ९ वटा सूचाङ्कका आधारमा तुलना गरिएको छ ।

तुलना गरिका ९ सूचकमध्ये ७ सूचकमा मुक्तिनाथ विकास बैंक अग्र स्थानमा देखिएको छ भने कामना सेवा विकास बैंक कमजोर देखिएको छ ।

चुक्ता पूँजी

चुक्ता पूँजीको आधारमा सबैभन्दा धेरैमुक्तिनाथ विकास बैंकको ४ अर्ब ८१ करोड रहेको छ भने कामना सेवाको सबैभन्दा कम २ अर्ब ६३ करोड रहेको छ । अन्य तीनको ३ अर्ब धेरै रहेको छ ।

जगेडा कोष

जगेडा कोषका आधारमा पनि मुक्तिनाथ विकास बैंकको १ अर्ब ८४ करोड रहेको छ भने कामना सेवाको सबैभन्दा कम १ अर्ब १७ करोड रहेको छ ।

प्रतिशेयर आम्दानी

वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये कामना सेवा विकास बैंकको सबैभन्दा धेरै २९.४७ रुपैयाँ देखिएको छ भने सबैभन्दा कम महालक्ष्मीको १६.१० रुपैयाँ रहेको छ । अन्य तीन बैंकको २० रुपैयाँभन्दा बढी छ ।

S.N. Name Paidup Reserve EPS
1 Kamana Sewa 2,651,963.73 1,176,112.71 29.47
2 Muktinath 4,811,550.80 1,849,112.25 27.87
3 Garima 3,675,912.50 1,430,743.84 24.60
4 Jyoti 3,844,822.78 1,289,132.78 20.89
5 Mahalaxmi 3,342,402.73 1,834,829.36 16.10

खुद नाफा

खुद नाफाका आधारमा पनि मुक्तिनाथ विकास बैंकले अन्य बैंकलाई उछिनेको छ । बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । महालक्ष्मीको सबैभन्दा कम ४० करोड ३६ लाख रुपैयाँ रहेको छ । अन्य तीनको ५८ देखि ७० करोडको बीचमा रहेको छ ।

खुद ब्याज आम्दानी

खुद ब्याज आम्दानीका आधारमा पनि मुक्तिनाथ विकास बैंकले १ अर्ब ८९ करोड रुपैयाँ आर्जन गर्दा ज्योति विकास बैंकले १ अर्ब १ करोड मात्र कमाएको छ । अन्य तीन बैंकको पनि १ अर्बदेखि १ अर्ब ३५ करोडको बीचमा रहेको छ ।

वितरणयोग्य नाफा

वितरणयोग्य नाफामा पनि मुक्तिनाथ अगाडि छ । बैंकको वितरणयोग्य नाफा ८२ करोड ८७ लाख रुपैयाँ छ भने महालक्ष्मीको सबैभन्दा कम २५ करोड ७६ लाख छ । अन्य तीन बैंकको ३८ करोडदेखि ४९ करोडको बीचमा रहेको छ ।

S.N. Name Net Interest Income Net Profit Distributed Profit 
1 Muktinath 1,894,781.85 1,005,630.08 828719.53
2 Garima 1,354,697.05 678,276.20 490298.74
3 Jyoti 1,018,963.26 602,512.92 433140.36
4 Kamana Sewa 1,077,678.33 586,156.39 388894.01
5 Mahalaxmi 1,167,299.08 403,605.08 257662.14

निक्षेप संकलन र कर्जा परिचालन

निक्षेप संकलन र कर्जा परिचालनका आधारमा मुक्तिनाथले सबैभन्दा बढी ७९ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६८ अर्ब ५७ करोड लगानी गरेको छ ।

महालक्ष्मीले सबैभन्दा कम ३६ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्र्जा परिचालनमा २९ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अन्य तीन बैंकको ३६ अर्बदेखि ५९ अर्बसम्म निक्षेप संकलन तथा कर्जा लगानी गरेका छन् ।

खराब कर्जा अनुपात

चालु आर्थिक वर्षको ९ महिनाको आधारमा खराब कर्जा अनुापतमा सबैभन्दा बढी खराब कर्जा महालक्ष्मी विकास बैंकको ४.४४ प्रतिशत रहेको छ भने मुक्तिनाथ विकास बैंकले सबैभन्दा कम ०.२१ प्रतिशतमा राखेको छ । अन्य तीन बैंकको पनि १ प्रतिशत वा सोभन्दा कम रहेको छ ।

S.N. Name Deposit Loan NPL
1 Muktinath 79,907,141.48 68,578,492.35 0.21
2 Garima 59,205,438.12 50,297,082.37 0.58
3 Jyoti 45,319,920.77 39,539,259.66 0.58
4 Kamana Sewa 39,247,211.02 36,556,662.74 1.00
5 Mahalaxmi 36,467,758.97 29,101,938.85 4.44

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।