बैंकमा जागिर खाने सोचमा हुनुहुन्छ ? मेगामा खुल्यो ५६ जनालाई अवसर

0
Shares

मेगा बैंक (MEGA) ले मुलुकमा रहेका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको दरखास्त आह्वान गरेको छ । बैंकले उपत्यकामा रहेको कर्पोरेट कार्यालय, प्रादेशिक कार्यालयहरु त्था उपत्यका बाहिरका शाखा कार्यालयहरुका लागि आवश्यक कर्मचारी मागेको छ । 

आक्रामक रुपमा बजार विस्तारमा लागेको बैंकले प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत लगायत सहायक स्तरका लागि एकैपटक ५६ जना कर्मचारी माग गरेको हो ।

बैंकले प्रबन्धक २ जना, सहायक प्रबन्धक १ जना, वरिष्ठ अधिकृत ४ जना, अधिकृत ५ जना, कनिष्ठ अधिकृत १३ जना, सुपरवाइजर ९ जना, वरिष्ठ सहायक ६ जना र सहायक १६ जना कर्मचारीको माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख १० गतेबाट बैशाख २२ गते बुधबार (मे ५ तारिख) सम्म दरखास्त दिनसक्ने बैंकले जनाएको छ ।

बैंकले एसएलसीदेखि आवश्यक योग्यतासम्मको प्राप्त भएको प्रतिशत, उमेर र आधिकारिक अनुभवको नभएका आवेदनलाई स्थान नदिइने उल्लेख गरेको छ ।

एक बैंकबाट अर्को बैंकमा सिफ्ट गर्न चाहने तथा नयाँ प्रवेशी उम्मेदवारलाई समेत जागिरका लागि सहभागि हुन सक्ने जनाइएको छ । यद्यपी बैंकले स्थानीय उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।