आइसीएफसी फाइनान्सको अन्य सञ्चालन आम्दानी बढ्दा नाफा ६५ प्रतिशत बढ्यो

0
Shares

आइसीएफसी फाइनान्स (ICFC) ले चैत मसान्तसम्ममा १७ करोड ७९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा १० करोड ७३ लाख ७० हजार रुपैयाँ नाफा कमाएको फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ६५.७३ प्रतिशतले बढाएको हो ।

फाइनान्सको वितरणयोग्य नाफा १० करोड ३० लाख ३३ हजार रुपैयाँ रहेको छ ।

यसअवधिमा फाइनान्सले अन्य सञ्चालन आम्दानीबाटै १८ करोड ३२ लाख आम्दानी गर्दा खुद ब्याज आम्दानी घटेपनि नाफामा उच्च सुधार देखिएको हो । 

चुक्ता पूँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी ७.७१ रुपैयाँ बढेर २३.१६ रुपैयाँ कायम भएको छ ।

चैत मसान्तसम्म १४ अर्ब ३३ करोड १७ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब २२ करोड ७९ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट फाइनान्सले २२ करोड ९३ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी र २५ करोड ३८ लाख ४७ हजार सञ्चालन नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २९.८९ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ६५.९२, निक्षेप १३.४० र कर्जा लगानी १४.०७ प्रतिशत बढेको छ ।

फाइनान्सको जगेडा कोषमा ३४ करोड ३६ लाख ४८ हजार रुपैयाँ रहेको छ । जुन गत आवको यसै अवधिको तुलनामा २८.४२ प्रतिशतले बढेको हो ।

चैत मसान्तसम्म आइपुग्दा फाइनान्सको खराब कर्जा अनुपात ०.५१, कोषको लागत ६.६०, पूँजीकोष अनुपात १३.३८, कर्जा निक्षेप अनुपात ७०.४०, आधारदर ६.६०, स्प्रेडदर ४ं१६ प्रतिशत, प्रतिशेयर नेटवर्थ १३८.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.५० गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।