सुरक्षा उपाय अवलम्बन गरि सेवा दिन ब्रोकर कम्पनीलाई नेप्सेको निर्देशन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र व्यवसायी (सदस्य दलाल तथा व्यापारी) लाई ७ बुँदे निर्देशन जारी गरेको छ । नेप्सेले धितोपत्र व्यवसायीलाई सुरक्षा उपाय अवलम्बन गरि सेवा दिन ७ बुँदे निर्देशन दिएको हो ।

सदस्य दलाल तथा धितोपत्र व्यापारीले नेप्सेसँग गर्नुपर्ने कामकारबाहीका लागि भौतिक उपस्थितिलाई सम्भव भए सम्म कम गर्न निर्देशन दिएको छ । नेप्सेमा पेश गर्नु पर्ने कागजातहरु यथासम्भव भएसम्म ईमेल मार्फत अभौतिक रुपमा पठाउने

सदस्य दलालहरुले पेश गर्ने बैंक गयरेन्टी आफ्नो बैंकमा फार्मत ईमेल पठाउन लगाउने र सोको जानकारी दुवैमा अनिवार्य रुपमा पठाउन आग्रह गरेको छ ।
संस्थापक शेयरको कारोबार गर्न/गराउन सदस्य दलालले आवश्यक सम्पूर्ण कागजात संकलन गरिसकेपछि मात्रै नेप्सेमा पेश गर्न निर्देशन दिएको छ ।

नेप्सेले शेयर खरिद बिक्री पश्चात लगानीकर्तालाई तोकिएको समयमा शेयर तथा पैसा उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको छ भने लगानीकर्तालाई समेत शेयर खरिद बिक्री अनलाइन मार्फत गर्न प्रोत्साहन गर्न निर्देशन दिएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ वैशाख २०७८, सोमबार  १७ : २० बजे