नेपाल बंगलादेश बैंकको नाफा ६३% बढ्यो, एक अर्बको लाभांश क्षमता

0
Shares

नेपाल बंगलादेश बैंक लिमिटेड (NBB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६३ करोड ८४ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा १ अर्ब ५० लाख खुद नाफा कमाएको बैंकले ६३.०२ प्रतिशतले नाफा बढाएको हो । बैंकको खुद ब्याज आम्दानी घटेपनि बैंकले फि तथा कमिशन आम्दानीबाट ८८ करोड, ट्रेडिङ आयबाट २६ करोड र अन्य सञ्चालन आम्दानी १९ करोड गर्दा बैंकको खुद नाफा बढ्न पुगेको हो। यस्तै १८ करोड ६२ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण पनि खुद नाफा बढेको छ । 

बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा उच्च बढेको छ । गत आवको यसै अवधिमा २ करोड ८० लाख १५ रहेकोमा बढेर ९८ करोड ३२ लाख २९ हजार रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी ९ अर्ब ४८ लाख ४१ हजार रुपैयाँ रहेको बैंकको ५.९९ प्रतिशतले पूँजी बढेपनि प्रतिशेयर आम्दानी ८.४९ रुपैयाँ बढेर २४.२६ रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ७३ अर्ब २९ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब २७ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब ९८ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब २८ करोड ८५ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.३५ प्रतिशतले घटेपनि सञ्चालन नाफा ५६.५१, निक्षेप १०.३२ र कर्जा लगानी १२.१२ प्रतिशत बढेको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ८९ करोड ४७ लाख र शेयरधनी कोषमा १ अर्ब ११ करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात ११.७७, खराब कर्जा अनुपात १.९१, कोषको लागत ५.४७, कर्जा निक्षेप अनुपात ७५.९०, आधारदर ७.५६, स्प्रेडदर ४.१५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६५.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.७० गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।