इन्फिनिटी लघुवित्तको नाफा १८६ प्रतिशतले बढ्यो, इपिएस ५३.५७ रुपैयाँ

0
Shares

इन्फिनिटी लघुवित्त (ILBS) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ४७ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ३ करोड ६५ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले खुद नाफा १८६.३० प्रतिशतले बढेको हो ।
नाफा बढेसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३२.१९ रुपैयाँ बढेर ५३.५७ रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी २६ करोड ६ लाख ५० हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष ११४ प्रतिशत बढेर १४ करोड ६४ लाख २१ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ८६ करोड १८ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ९ करोड ९५ लाख रुपैयाँ सापटी गरी ३ अर्ब २८ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट १९ करोड २८ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १५ करोड २८ लाख ४६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८६.१५, सञ्चालन नाफा १६३.२४, निक्षेप ३४ र कर्जा लगानी ६८ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात २.०२, कोषको लागत ६.१५, प्रतिशेयर नेटवर्थ १५६.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.८५ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ वैशाख २०७८, मंगलबार  १३ : २६ बजे