साधना लघुवित्त (SADBSL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा १ करोड ९० लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा २९७.१४ प्रतिशतले बढेको हो ।
नाफा बढेसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २२.०२ रुपैयाँ बढेर ३९.३३ रुपैयाँ कायम भएको छ ।
चुक्ता पूँजी २५ करोड ६९ लाख ८० हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष १३३.६६ प्रतिशत बढेर ९ करोड ४० लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ७७ करोड ८६ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ सापटी गरी ३ अर्ब ७ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले निक्षेप ८०.४१, सापटी १२६ र कर्जा लगानी ८० प्रतिशत बढेको छ ।
यसबाट लघुवित्तले १५ करोड ९५ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ९ करोड ४२ लाख ५७ हजारसञ्चालन नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद ब्याज आम्दानी ११२.५७ र सञ्चालन नाफा ६८४ प्रतिशतले धेरै हो ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात २.३३, कोषको लागत ५.४१ प्रतिशत, प्रतिशेयर नेटवर्थ १३६.६१ रुपैयाँ र लघुवित्तको मूल्य आम्दानी अनुपात ४१.६९ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया