बीमा अभिकर्तालाई १८ प्रतिशतको सीमाभित्र मात्र इन्सेन्टिभ वितरण गर्नुपर्ने

0
Shares

जीवन बीमा कम्पनीहरुले आफ्ना अभिकर्तालाई अब १८ प्रतिशतको सीमाभित्र रहेर मात्र इन्सेन्टिभ बोनस दिनुपर्ने भएको छ ।

समितिले मासिक रुपमा बीमा अभिकर्तालाई दिईने इन्सेन्टिभ बोनस बीमा नियमावली २०४९ को नियम बमोजिम समितिले निर्धारण गरेको १८ प्रतिशतको सीमाभित्र रहि प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

समितिले जीवन व्यवसाय गर्ने कम्पनीले व्यवसाय प्रवद्र्धनको उद्देश्यका लागि मासिक रुपमा सञ्चालन गरिने उपहार कार्यक्रम सञ्चालनको व्यवस्था कम्पनी स्वयंले सम्पन्न गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

समितिले यस अघि २०७५ फागुन ७ गते सबै जीवन बीमा कम्पनीलाई परिपत्र जारी गर्दै कुनै पनि प्रर्वद्धनात्मक कार्यक्रम अन्तर्गत सञ्चालन गर्ने प्रोत्साहन तथा उपहार कार्यक्रमहरु समितिबाट स्वीकृत लिनुपर्ने निर्देशन जारी गरेको थियो ।

सोही बमोजिम कम्पनीहरुले मासिक रुपमा कार्यक्रम सञ्चालन तथा सेवा सुविधा दिँदै आएका थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।