एनएमबि बैंकले ८७% ले बढायो खुद नाफा, प्रतिशेयर आम्दानी कति ?

0
Shares

एनएमबि बैंक (NMB)  ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भन्दा ८७ प्रतिशतले खुद नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ३३ करोड खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा २ अर्ब ५१ करोड खुद नाफा गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा नै २ अर्ब २७ करोड रहेको छ ।

बैंकको नियमित कारोबार भन्दा अन्य आम्दानीमा आएको बढोत्तरीले खुद नाफा उच्चदरले बढेको हो । बैंकको खुद ब्याज आम्दानी ०.३१ प्रतिशत मात्र बढ्दा पनि फि कमिसन मार्फत हुने आम्दानीमा बढोत्तरी हुँदा नाफा बढेको हो।

१७ प्रतिशतले चुक्तापूँजी बढाउँदा समेत नाफामा उल्लेखीय सुधार भएपछि बैंकको प्रतिशेयर आाम्दानी यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ११ रुपैयाँ ६७ पैसाबाट २०.६५ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १४५.३२ रुपैयाँ छ ।

१६ अर्ब ३२ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ७ अर्ब ३९ करोड रहेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप १८ प्रतिशतले बढेर १ खर्ब ५५ अर्ब पुगेको छ भने कर्जा प्रवाह २८.१९ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब पुगेको छ । बैंकको खराब कर्जा २.४८ प्रतिशतबाट घटेर १.९७ प्रतिशत झरेकोे छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।