सिंगटी हाइड्रोको शेयरमूल्यमा सर्किट ब्रेक

0
Shares

सिंगटी हाइड्रो इनर्जी (SHEL) को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३० रुपैयाँ पुगेको हो ।

बुधबारदेखि दोस्रो बजारमा कारोबार खुलेको कम्पनीको शेयर स्पेश प्रि ओपनिङ्गमा नै अधिकतम कारोबार रेञ्ज ३०० रुपैयाँमा पहिलो खुलेको थियो । त्यसपछिको पाँच वटा कारोबारमा २ प्रतिशतका दरले मूल्य बढेर सकारात्मक सर्किट लागेको हो ।

एक घण्टा अवधिमा कम्पनीको १० कित्ताका दरले २३ वटा कारोबारबाछ २३० कित्ता शेयर खरीद बिक्री भएका छन् । ७५ हजार ३०० रुपैयाँमा उक्त शेयर खरीद बिक्री भएको छ ।

सर्किट मूलयमा नै कम्पनीको शेयरको माग उच्च रहेको छ । कुल ९८८ वटा अर्डर मार्फत ४ लाख ६१ हजार ८३ कित्ताको खरीद माग नेप्सेको कारोबार प्रणालीको मार्केट डेप्थमा देखिएको छ । उच्च खरीद मागका कारण बिक्री अर्डर भने शून्य रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।