बैंक अफ काठमाण्डूको नाफा ३३ प्रतिशत बढ्यो, खुद नाफा १.१६ अर्ब

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १६ करोड ९३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ८७ करोड ३४ लाख ९३ हजार खुद नाफा कमाएको बैंकको ३३.८७ प्रतिशतले नाफा बढेको हो ।

बैंकको वितरणयोग्य नाफा ८५ करोड ६९ लाख ६४ हजार रहेको छ । गत आवको यसै अवधिमा ९ करोड ८ लाखले ऋणात्मक रहेको थियो ।
चुक्ता पूँजी ९ अर्ब ६५ करोड ८१ लाख ७६ हजार रुपैयाँ रहेको बैंकको १३ प्रतिशतले पूँजी बढ्दा प्रतिशेयर आम्दानी २.५१ रुपैयाँले बढेको छ । बैंकको प्रतिशेयर आम्दानी १६.१४ रुपैयाँ छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ९६ अर्ब ५७ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ७७ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले २ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ६७ करोड ४५ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.१६ प्रतिशतले घटेपनि सञ्चालन नाफा भने ३५.५५ प्रतिशतले बढेको छ । बैंकको निक्षेप संकलन ४.८६, कर्जा लगानी २२.२७ प्रतिशतले बढेको छ ।

बैंकको आधार ब्याजदर १.७३, कोषको लागत २.४८ प्रतिशतले घटेको छ । बैंकको जगेडा कोषमा ६ अर्ब ३२ करोड १२ लाख र शेयरधनी कोषमा ९० करोड २७ लाख ४७ हजार रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १३.८८, खराब कर्जा अनुपात १.०१, कोषको लागत ४.८०, कर्जा निक्षेप अनुपात ८१.२२, आधारदर ७.६०, स्प्रेडदर ३.२६ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६५.४५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.७० गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।