अक्सिजनको मात्रा कम देखिएपछि पूर्व महारानी कोमल आइसियूमा

अक्सिजनको मात्रा कम देखिएपछि पूर्व महारानी कोमल आइसियूमा

विश्व महामारी कोरोना भाइरस संक्रमणपछि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व महारानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको छ ।

उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको नर्भिक इन्टरनेशल हस्पिटल प्रमुख–कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए ।

अहिले पूर्व महारानी कोमल शाहलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । उनमा बाँकी स्वास्थ्य समस्या नदेखिएको बताइएको छ ।
अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थीर रहेको छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेका छन् ।

यस्तै पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको छ । उनलाई अक्सिजनको सपोर्ट दिनु नपरेको जनाइएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १६ बैशाख २०७८, बिहीबार ११ : ४१ बजे