सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा आह्वान

0
Shares

सानिमा जनरल इन्स्योरेन्स (SGI) ले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।  बैशाख १५ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले सभाको मिति तोकेको हो ।

कम्पनीले सो सभा अम्रपाली ब्याङ्क्वेट भाटभटेनी, काठमाडौंमा बिहान १०:३० बजे बोलाएको हो ।

सभामा गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको लगायतका प्रस्ताव अनुमोदन हुनेछ ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ ।
भर्चुअल माध्यमबाट सभामा भाग लिन चाहने सम्बन्धित सदस्यहरुलाई भिडियो कन्फ्रेन्समार्फत सभाभा सहभागी हुने व्यवस्था मिलाउने कम्पनीले जानकारी दिएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ गते बुधबारदेखि सभा हुने मिति जेठ ११ गते मंगलबारसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।