सारथी नेपाल लघुवित्त (SNLB) को खुद नाफा २१९ प्रतिशतले बढेको छ ।
गत आवको यसै अवधिमा २ करोड ५ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आवको चैत मसान्तसम्ममा ६ करोड ५५ लाख ३० हजार रुपैयाँ नाफा कमाएको हो ।
चुक्ता पूँजी २३ करोड ५३ लाख ८६ हजार रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी वार्षिक ३७.१२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७१.८३ रुपैयाँ छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.९९ गुणा छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तले २ अर्ब ७२ करोड ९ लाख सापटी तथा ८१ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ५० करोड ४१ लख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुविले निक्षेप १२२ र कर्जा लगानी १६१ प्रतिशतले बढाएको छ ।
यसबाट कम्पनीले १६ करोड ९६ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आववको यसै अवधिको तुलनामा लघुवित्तले २३० प्रतिशतले खुद ब्याज आम्दानी बढाएको हो । समीक्षा अवधिमा लघुविको खराब कर्जा अनुपात ४.१६, कोषको लागत ७.३४ प्रतिशत छ ।
नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तले गत असोज ५ गतेदेखि एकीकृत कारोबार गरेका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया