साताको शेयर बजारः नेप्से ३७ अंकले घट्यो, हेरौं विश्लेषण

0
Shares

यस साता नेप्से सूचक १.३९ प्रतिशत अर्थात ३६.९० अंकले बढेर बन्द भएको छ ।

आइतबार २ हजार ६४८ दशमलव ०१ बिन्दुमा खुलेको नेप्से यस साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार ६११ दशमलव ११ बिन्दुमा बढेर बन्द भएको छ ।

साताभरीमा नेप्से सूचकमा यस साता १०४.४९ अंकको उतार चढाव देखा पर्यो । २ हजार ६११ द्यशमलव ११ अंक उच्चतम बिन्दुमा पुगेको नेप्से यसै साता २ हजार ५०६ दशमलव ६२ बिन्दुसम्म झर्न पुग्यो ।

कारोबार रकम १६ प्रतिशत घट्यो

नेप्से घटेसँगै यस साता कारोबार रकम पनि १६.६६ प्रतिशतले घटेको छ । यो साता २१९ कम्पनीको ५ करोड ६५ लाख ८८ हजार २९० कित्ता शेयर २७ अर्ब ३३ करोड १६ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएको छ ।

गत साता ३२ अर्ब ७९ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएकोमा यस साता भने अघिल्लोे साताको तुलनामा कारोबार रकम १६.६७ प्रतिशतले घटेको हो । यो साता दैनिक औषतमा ५ अर्ब ४६ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भयो ।

अपर तामाकोशीको सर्वाधिक कारोबार

यस साता अपर तामाकोशीको सबैभन्दा धेरै १४ लाख ६ हजार कित्ता शेयर १ अर्ब १५ करोड १७ लाख रुपैयाँ शेयर खरीद बिक्री भएको छ । ४५६ मेगावाट क्षमताको यस आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादनका लागि आयोजनाको मुख्य सुरुङमा पानी भर्न सुरु भएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ ।

आउँदो जेठ दोस्रो साताबाट व्यावसायिक उत्पादन गर्ने गरी बिहीबारबाट पानी भर्न सुरु गरिएको हो । ३५ अर्ब ३३ करोड रुपैयाँमा सम्पन्न गर्ने भनिएको आयोजनाको लागत बढेर ८० अर्ब पुग्ने अनुमान छ । २०७२ मा निर्माण सक्ने भनेर २०६५ मा सुरु गरिएको आयोजनाको म्याद पटकपटक संशोधन हुँदै आएको छ ।

यसैगरी नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को १ अर्ब ८ करोड ८८ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छ । कारोबार कित्ता आधारमा शीर्ष कारोबार भएको एनसीसी बैंकको ९६ करोड ५ लाख ७० हजारको शेयर कारोबार भएको छ । यस साता बैंकको २८ लाख २३ हजार कित्ता शेयर कारोबार भएको छ । नबिल बैंकसँग प्राप्ती जाने चर्चाले बैंकको धेरैकित्ता शेयर कारोबार भएको हो ।

नेपाल पुनर्बीमा कम्पनीको ७९ करोड ३३ लाख, नबिल बैंक ७४ करोड ४३ लाख, एनआईसी एशिया बैंक ६७ करोड २९ लाख, नागरिक लगानी कोष ६० करोड ११ लाख, एचआईडिसीएल ५९ करोड ५७ लाख, नेपाल लाइफ ५७ करोड ९५ लाख, र शिवम् सिमेन्टको ५४ करोड ९० लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।

कारोबार भएको शेयर संख्याको आधारमा एनसीसी बैंकपछि निफ्रा, अपर तामाकोशी, अपि पावर, एचआईडिसीएल, अरुण भ्याली, कुमारी बैंक, ग्लोबल आइएमइए बैंक, नेशनल हाइड्रो रग्लोबल आइएमई बैंकको १० लाख कित्ता धेरै शेयर कारोबार यस साता भएको छ ।

कुन समूहका परिसूचक कति बढे कति घटे ?

यस साता ९ समूहको परिसूचक घटेको छ भने ४ वटा बढेको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा टुरिजम् सर्वाधिक ८.४५ प्रतिशतले घटेको छ भने उत्पादनमुलक समुहको इन्डेक्स प्रतिशतले ३.३९ प्रतिशतले बढेको छ ।

यस साता ब्यापार ३.११ प्रतिशत, अन्य १.८१, र जलविद्युत ०.०९ प्रतिशतले प्रतिशतले बढेको छ ।

उता यस साता वित्त ३.३६ प्रतिशत, बैंकिङ्ग २.४६, विकास बैंक २.६५, लगानी १.९८, निर्जीवन बीमाको सूचक २, जीवन बीमाको सूचक १.५४, लघुवित्त ०.७२ र म्युचुअल फण्डको सूचक ०.०७ प्रतिशतले घटेको छ ।

महिला लघुवित्तका शेयरधनीले कमाए, रिलायन्स फाइनान्सका गुमाए

यस साता महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरमा लगानी गरेका लगानीकर्ता सबैभन्दा धेरै नामा कमाउनेको सूचीमा परेका छन् ।
महिलापछि अरण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड र गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता क्रमशः दोश्रो र तेस्रो स्थानमा छन् ।

यस साता महिला लघुवित्तका शेयरधनीहरूले ६०.९२, अरूण भ्याली हाइड्रोपावरका शेयरधनीहरूले ९.९२, गुडविल फाइनान्सका शेयरधनीहरूले ६.८४, हिमालयन उर्जा विकास कम्पनीका शेयरधनीहरूले ६.५८, शिवम् सिमेन्टका शेयरधनीहरूले ५.९०, ग्लोबल आईएमई लघुवित्तका शेयरधनीहरूले ५.२१, नेशनल माइक्रोफाइनान्सका शेयरधनीहरूले ५.१३, मिर्मिरे लघुवित्त वित्तीयका शेयरधनीहरूले ५.११, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीका शेयरधनीहरूले ४.९३, र साञ्जेन जलविद्युत कम्पनीका शेयरधनीहरूले ४.९२ प्रतिशतका दरले कमाएका छन् ।

उता रिलायन्स फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले यस साता सबैभन्दा धेरै गुमाएका छन् । रिलायन्स फाइनान्सपछि चन्द्रागिरी हिल्स र सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ता क्रमश दोश्रो र तेस्रो स्थानमा गुमाउने कम्पनीमा समेटिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ वैशाख २०७८, शनिबार  १२ : ४४ बजे