आज रातीदेखि आन्तरिक र बुधबार रातीदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द हुने

0
Shares

कोरोना भाइरस (कोभिड(१९) को दोस्रो लहर फैलिएपछि सरकारले सोमबार मध्यरातदेखि आन्तरिक र बुधबार रातीदेखि सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न बैशाख २० गते रातीदेखि आन्तरिक र वैशाख २२ गते रातिदेखि बाह्य दुबै उडान बन्द गर्ने निर्णय गरेको हो । उक्त अवधिमा चार्टड उडानहरू मात्रै हुनेछन् । सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले उक्त जानकारी दिएका छन् ।

नागरिक उड्ययन प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सरकारको निर्देशन अनुसार एक साताका लागि मे ६ देखि १४ सम्म नेपालमा सबै किसिमको अन्तर्राष्ट्रिय उडानहरू निलम्बन गर्ने निर्णय भएको छ ।

सुरुवातमा स्थलगत निजी तथा सार्वजनिक सवारी साधान सञ्चालनमा कडाई गरेको सरकारले संक्रमणदर बढ्न थालेसँगै हवाई उडान समेत स्थगित गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २० वैशाख २०७८, सोमबार  १४ : ०२ बजे