सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो


बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ३ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ, तेजावी ९० हजार १ सय रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

बुधबार सुन तोलाको ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँ, तेजावी ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य सामान्य बढेपनि चाँदी तोलाको ५ रुपैयाँले घटेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।