जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य समायोजन


जनउत्थान सामुदायिक लघुवित्त लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार कम्पनीको ४९.४० प्रतिशत बोनस पछि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि लघुवित्तको प्रतिकित्ता शेयरमूल्य ३ हजार ६११ रुपैंया तोकेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् बुधवार अन्तिम पटक लघुवित्तको प्रतिकित्ता शेयर ५ हजार ३९५ मा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।